नेपाल सरकार
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
जलस्रोत तथा सिंचाइ विभाग
सिक्टा सिंचाई आयोजना
नेपालगंज, बाँके
संक्षिप्त परिचय लुम्बिनी प्रदेश बाँके जिल्ला,राप्ती सोनारी गा.पा.को अगैया स्थित राप्ती नदीमा ब्यारेज ३१७ मी. निर्माण गरी सोही जिल्लाका हालका ६ वटा गा.पा.,कोहलपुर न.पा.र नेपालगंज उपमहानगरपालिका अन्तर्गतको ४२,७६६ हेक्टर भूमिमा भरपर्दो सिंचाइ सुबिधा उपलव्ध गराउने उद्देश्य लिई नेपाल सरकारको आफ्नै श्रोतबाट आ.व.२०६२।६३ देखि शुरु गरिएको सिक्टा सिंचाई आयोजनाको पश्चिम मूल नहरबाट वांके जिल्लाको राप्ति नदीको पश्चिम भेगको ३३,७६६ हेक्टर जमिन र पूर्वी मूल नहरले राप्ती नदीको पूर्वी भेगको करिब ९,००० हेक्टर मा सिंचाई सुविधा पुर्याउने लक्ष्य रहेको छ । पृष्ठभूमि सर्वप्रथम सिक्टा सिचाई आयोजनाको अवधारणा प्रस्तावित पश्चिम राप्ति बहुउदेश्य आयोजनाको लागि भएको पूर्व संभाव्यता अध्ययन (सन् १९७५ देखि सन् १९७६) प्रतिवेदनमा उल्लेख भएको हो । सिक्टा सिंचाइ आयोजनाको पूर्व संभाव्यता अध्ययन यू.एन.डि.पि. र एशियाली विकास बैंकको सहयोगमा जर्मन परार्मश दातृ फर्मबाट वि.सं. २०३२ (सन् १९७५) मा भयो भने यस आयोजनाको संभाव्यता अध्ययनको प्रतिवेदन सोहि संस्था वाट वि.सं २०३६ (सन् १९८०) मा पेश भयो । यस अध्ययनबाट आयोजना संभाव्य देखिएकोले वि.स. २०३६ मा आयोजना कार्यान्वयन गर्न एशियाली विकास बैंकसंग आर्थिक सहायताका लागि अनुरोध गरिएकोमा भारतीय पक्षको सहमती प्राप्त गर्न नसक्दा एशियाली विकास बैंकले आर्थिक सहायता उपलव्ध गराउन असमर्थता प्रकट गरेकाले यस आयोजनाको कार्यान्वयन अघि बढ्न सकेन । यस आयोजनाको पुन संभाव्यता अध्ययन वि.सं २०४० (सन् १९८३) मा तत्कालिन सिंचाइ वातावरण तथा मौसम विभाग अन्तर्गत क्षेत्रिय सिंचाई निर्देशनालयबाट भयो भने यूरोपेली यूनियनको आर्थिक सहयोगमा यस आयोजनाको संभाव्यता अध्ययन अन्तिम पटक वि.सं. २०५९(सन् २००२) मा गरियो । यूरोपेली ईन्जिनियरको सहभागितामा सम्पन्न यस अध्ययनबाट यो आयोजना प्राविधिक एवं आर्थिक पक्षबाट संभाव्य देखिएकाले आयोजना कार्यान्वयनमा लैजान सिफारिस गरियो । संभाव्यता अध्ययन अनुसार यस आयोजनाको कुल लागत त्यस समयमा ७ अरब ४५ करोड अनुमान गरिएको थियो । योजनाको कार्यान्वयन अवधि सात वर्ष राखिएको थियो । आयोजना आकर्षक देखिएपछि कार्यान्वयनका लागि आर्थिक श्रोत जुटाउने क्रममा यूरोपियन यूनियन,साउदी फण्ड फर डेभलपमेण्ट (एस.एफ.डी),कुवेत फण्ड फर अरब इकोनोमिक्स डेभलपमेन्ट तथा ओपेक फण्डलाई अनुरोध गर्दा यी सम्पूर्ण दातृ संस्थाहरुले अभिरुचीका... थप हेर्नुहोस
शीर्षक | प्रकाशित मिति | डाउनलोड | |
---|---|---|---|
![]() |
बोलपत्र आव्हानको सूचना | 2081-11-20 | |
![]() |
ध्यानाकर्षण सम्बन्धमा । | 2081-11-06 | |
![]() |
बोलपत्र आव्हानको सूचना | 2081-10-20 |
9858022496